काठमाडौं ओर्लिए पूर्व राजा, विमानस्थल गेटबाटै हात हल्लाउँदै अघि बढे ज्ञानेन्द्र शाह (तस्विरहरु)



प्रवीण रानाभाट
२०८२ फागुन १ गते १४:१८ | Feb 13, 2026
काठमाडौं ओर्लिए पूर्व राजा, विमानस्थल गेटबाटै हात हल्लाउँदै अघि बढे ज्ञानेन्द्र शाह (तस्विरहरु)


काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किएका छन्। विमानस्थलबाट बाहिर निस्किएका उनलाई राजावादी समूहले स्वागत गरेका छन्।

Tata
GBIME

राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै दुर्गा प्रसाईं समूहले झापाबाट फर्किएका शाहलाई स्वागत गर्ने भनेपछि प्रशासनले रोक लगाएको थियो। यद्यपि, ठूलो समूह शाहको स्वागतमा विमानस्थल क्षेत्र पुगेका थिए।

उनीहरुलाई विमानस्थल प्रवेशद्वारमा नै रोकिएको थियो। गेटबाट ठूलो लावालस्करसहित ज्ञानेन्द्र शाहलाई स्वागत गरिएको हो। उनी आफ्नो गाडीबाट हात हल्लाउँदै अघि बढिरहेका छन्।