नेप्सेमा रोकिएन गिरावट, परिसूचक १०.२५ अंकले घट्दा ८ अर्ब ६१ करोडको सेयर किनबेच



बिजमाण्डू
२०८२ माघ २७ गते १५:२५ | Feb 10, 2026
नेप्सेमा रोकिएन गिरावट, परिसूचक १०.२५ अंकले घट्दा ८ अर्ब ६१ करोडको सेयर किनबेच

काठमाडौं। सेयर बजार परिसूचक लगातार तेस्रो दिन घटेको छ। नेप्से मंगलबार १०.२५ अंकले घटेको हो। बजार खुलेको एक घण्टामा बढेर २६८२ अंकमा पुगेको नेप्से अन्तिममा २६६२.१४ विन्दु कायम भएको छ।

Tata
GBIME
Nepal Life

नेप्से आइतबारयता ४६ अंकले घटिसकेको छ। मंगलबार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

बजारमा ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ४५ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ।