सेयर बजारमा सुरुमा देखिएको उत्साह अन्तिमसम्म टिक्न सकेन, नेप्से २७०० अंकबाट तल



बिजमाण्डू
२०८२ माघ २५ गते १५:१४ | Feb 8, 2026
सेयर बजारमा सुरुमा देखिएको उत्साह अन्तिमसम्म टिक्न सकेन, नेप्से २७०० अंकबाट तल

काठमाडौं। सेयर बजार परिसूचक २७०० अंकबाट तल ओर्लिएको छ।

Tata
GBIME
Nepal Life

आइतबार बजार खुलेको ५० मिनेटसम्म लगातार बढेर २७२८ अंकमा पुगेको नेप्से अन्तिममा २६९८.४४ विन्दु कायम भएको हो। नेप्से १०.२५ अंकले घटेको छ।

८५ कम्पनीका लगानीकर्ताले कमाउँदा १६८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कालिञ्चोक दर्शन कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.९१ प्रतिशतले ओरालो लागेको छ।

बजारमा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सुपर मादी हाइड्रोपावरको सबैभन्दा धेरै ५६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।