भृकुटीमण्डपमा बजाज नेक्स्ट-जेन महा एक्सचेन्ज कार्निभल जारी, नागरिकताको भरमा बाइक



बिजमाण्डू
२०८२ माघ १६ गते १३:४६ | Jan 30, 2026
भृकुटीमण्डपमा बजाज नेक्स्ट-जेन महा एक्सचेन्ज कार्निभल जारी, नागरिकताको भरमा बाइक


काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा ५ दिनदेखि बजाज नेक्स्ट-जेन महा एक्सचेन्ज कार्निभल जारी छ। माघ ११ गतेदेखि सुरु भएको एक्सचेन्ज कार्निभल शनिबार सकिँदैछ।

Tata
GBIME

बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचंद एण्ड कम्पनीले आयोजना गरेको उक्त एक्सचेन्ज कार्निभलमा ग्राहकहरूले पुरानो जुनसुकै बाइक तथा स्कुटर ल्याएर राम्रो भ्यालुएसनमा नयाँ बाइकहरू लैजान सक्नेछन्।

भ्यालुएसनका लागि २२ भन्दा बढी विज्ञ भ्यालुएटरहरू राखिएका छन्। जसले राम्रो भ्यालुएसन गरेर मूल्य तोक्नेछन्। त्यसमा बजारमा सामान्य रुपमा पाइने भ्यालुएसनभन्दा ८ हजार अतिरिक्त पैसा पाइने कम्पनीले जनाएको छ।

यसैगरी, धेरै एसेसरिज निशुल्क पाइनेछ भने अन्य नगद छुट पनि पाइन्छ। अर्को मुख्य आकर्षण भनेको नागरिकताको भरमा बाइक लैजान सकिन्छ। कम्पनीले नागरिकताको भरमा अन-द-स्पट फाइनान्स सुविधा दिएको छ। काठमाडौंमै घर भएको हुनपर्ने झन्झट् हटेको छ।

कम्पनीले यो एक्सचेन्ज कार्निभलमा नयाँ नेक्स्ट जेन पल्सर २५० बाइक पनि राखेको छ। यसमा फ्युल इन्जेक्सन र फुल डिजिटल कन्सोल राखिएको छ।