ऋण असुली सुधार हुँदा वाणिज्य बैंकको नाफा ११.५१ वृद्धि, कुनको कति?



आकाश बोगटी
२०८२ माघ १५ गते ०९:०७ | Jan 29, 2026
ऋण असुली सुधार हुँदा वाणिज्य बैंकको नाफा ११.५१ वृद्धि, कुनको कति?

काठमाडौं। ऋण असुली सुधार र आर्थिक गतिविधि बढेसँगै वाणिज्य बैंकहरुको नाफा बढेको छ। बैंकहरुको नाफा दोस्रो त्रैमाससम्म साढे ११ प्रतिशत बढेर ३० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

कुमारी बैंकको नाफा सबैभन्दा धेरै ८८६ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा बढी कुल नाफा नबिल बैंकले आर्जन गरेको छ। ऋण असुली सुधारिन थालेसँगै वाणिज्य बैंकहरुले बढेको हो। बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्म वाणिज्य बैंकहरुको नाफा ११.५१ प्रतिशतले बढेको हो।

पुस मसान्तसम्म बैंकहरुले ३० अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छन्। पोहोर यही अवधिमा बैंकहरुको खुद नाफा २७ अर्ब ४३ करोड रुपैयाँ थियो।

आर्थिक गतिविधि बढ्न थालेर ऋण असुली सुधार हुँदा नाफा बढेको बैंकरहरु बताउँछन्। कष्ट अफ फण्ड घटेर ऋण असुलीमा विस्तारै सुधार हुन थालेपछि नाफा बढ्न थालेको उनीहरुको भनाइ छ।

साथै, नियामकीय सहुलियतले समेत बैंकहरुको नाफा बढाउन सहयोग पुगेको छ। राष्ट्र बैंकले कर्जा पुनर्संरचनाको सुविधाले खराब कर्जा व्यवस्थापनमा सहयोग पुग्दा नाफा सकारात्मक देखिएको हो। चालु आवको पहिलो त्रैमासम्म वाणिज्य बैंकहरुको नाफा घटेको थियो।

पुस मसान्तसम्म १२ वाणिज्य बैंकहरुको खुद नाफा बढाएका छन्। सात बैंको नाफा घटेको छ भने लक्ष्मी सनराइज बैंकको नाफा नोक्सानीमा छ।

कुमारी बैंकको नाफा सबैभन्दा धेरै ८८६.५० प्रतिशतले वृद्धि भएको छ भने एभरेष्ट बैंकको २.०४१ प्रतितले बढेको छ। सबैभन्दा धेरै नाफा गर्नेमा भने नबिल बैंक रहेको। ६ महिनामा बैंकले ४ अर्ब ७५ करोड नाफा गरेको छ।

लक्ष्मी सनराइज बैंकको नाफा ऋणात्मक देखिएको छ। बैंकको नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक छ।

एनएमबि बैंक, स्टान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया, प्रभु बैंक र कृषि विकास बैंकको नाफा घटेको छ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला उपभोगमा वृद्धिका कारण बढेको आर्थिक गतिविधिको प्रभाव ऋण असुलीमा परेको बताउँछन् ।

‘पहिलो त्रैमासमा बाढी पहिरोसँगै जेननी आन्दोलनले ऋण असुलीमा असर गर्यो। नियमित असुलीमा समेत समस्या थियो,’ कोइरालाले भने, ‘अहिले नियमित ऋण असुली भइरहेको छ। आर्थिक गतिविधि बढेका कारण दोस्रो त्रैमासमा ऋण असुली राम्रो भएको हो।’

वाणिज्य बैंक २०८२/८३ पुससम्मको नाफा२०८१/८२ पुससम्मको नाफानाफा फरक (प्रतिशतमा)
नबिल४७५९६४१०००३२४४२७७०००४६.७०९
एनएमबि१६४८६१३०००२००३५४००००-१७.७१५
ग्लोबल आइएमई३२५२११७०००३०५३४८९०००६.५०५
लक्ष्मी सनराइज-२७३६१५०००११६२०७६०००-१२३.५४५
स्टान्डर्ड चार्टर्ड१३७३३२४०००१६४०६३००००-१६.२९३
एनआईसी एसिया१३११९१६३७१५१७३०२३७-१३.५३६
माछापुच्छ्रे१०१११७३४६२८०७३२७२३५२५.२५
नेपाल इन्भेष्टमेन्ट मेगा१६१३०३४०००२८३२३२६०००-४३.०४९
एभरेष्ट२११७११६०००२०७४७६३०००२.०४१
नेपाल१३०४८५२९२८४६१०१७६४७१८३.०३८
सिटिजन्स३५८८५८६२८६६१८२८६१३-४५.७८
प्रभु१०१४४५७०००१३३६१३८०००-२४.०७५
कृषि विकास७०७४२६५८९९५७५४९६७७-२६.१२१
सिद्धार्थ१३२६६०००००५३०२०००००१५०.२०७
कुमारी२७२००८५५८५२७५७३०४५८८८६.५०२
हिमालयन१२९२६०००००१५१८७०००००-१४.८८८
राष्ट्रिय वाणिज्य१७७०५०६५७३७६३०३३४८८१३२.०३५
सानिमा१३९१००००००११९२३०००००१६.६६५
नेपाल एसबिआई१०३१३४२९१५९००२८१०५२१४.५५८
प्राइम२०४३३७८२९६१८६९९५०३५२९.२७४
जम्मा३०५९३७०३६१३२७४३६८८७७५९११.५१
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण

बैंकहरुले नाफा बढाउँदा बजारमा विश्वास पनि फर्किन थालेको छ। ग्राहकहरु ऋण फिर्ता गर्न सजिलो महसुस गर्दैछन् भने बैंकहरुले नयाँ कर्जा दिन सजिलो भएको छ। आर्थिक गतिविधि बढ्दा होटल, यातायात र साना व्यवसायमा माग बढेको छ।

बैंकहरुमा जमिन भएको रकम बाहिर आउँदा उपभोग र कारोबार दुवैमा वृद्धि भएको छ। नियामक सहुलियत र कर्जा पुनर्संरचना सुविधाले खराब कर्जा व्यवस्थापनमा सहयोग पुर्‍याएको छ। यसले बैंकिङ प्रणालीमा स्थिरता कायम राख्दै अर्थतन्त्रलाई छोटो अवधिमा सक्रिय बनाएको छ। विशेषज्ञका अनुसार यस्तो सुधारले दीर्घकालीन वित्तीय सुदृढीकरणमा पनि योगदान पुर्‍याउँछ।