फोटोसहितको मतदाता नामावली जिल्लामा पठाउन आयोगमा भइरहेको छ काम (तस्विरहरु)

प्रवीण रानाभाट
२०८२ माघ १४ गते १५:२५ | Jan 28, 2026
फोटोसहितको मतदाता नामावली जिल्लामा पठाउन आयोगमा भइरहेको छ काम (तस्विरहरु)


काठमाडौं । प्रतिनिधसभा निर्वाचन आउन अब ३६ दिन बाँकी छ। निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन आयोगमा कामको चाप बढदो छ।

Vigo
GBIME
Tata

निर्वाचन आयोगमा कर्मचारीहरु बिहानैदेखि विभिन्न काममा व्यस्त देखिन्छन्। अहिले आयोगमा फोटोसहितको नामावली जिल्ला जिल्ला पठाउने कार्य भइरहेको छ।

कर्मचारीहरु रंगिन तस्विरसहितको नामावली जिल्लामा पठाउन बिहानैदेखि खटिएका छन्। नामावली छपाईदेखि नामावली प्रिन्ट भएर आएपछि त्यसको कटिङ गर्न कर्मचारीलाई भ्याइनभ्याइ छ।

त्यस्तै, जिल्ला अनुसार मतदाता नामावली छुट्याएर बोरामा प्याकिङ गर्न पनि कर्मचारी खटेका छन्।