निर्वाचन आयोग बाहिर निस्किएका देउवा पक्षका नेता कार्यकर्ताहरु अझै नाराबाजीमा (तस्विरहरु)

बिजमाण्डू
२०८२ माघ २ गते २०:१६ | Jan 16, 2026
निर्वाचन आयोग बाहिर निस्किएका देउवा पक्षका नेता कार्यकर्ताहरु अझै नाराबाजीमा (तस्विरहरु)


काठमाडौं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको पक्षमा फैसला सुनाएको छ। आयोगले सो फैसला सुनाएपछि शेरबहादुर देउवा पक्षका नेताहरु अक्क न बक्क परेका छन्।

Vigo
GBIME
Tata

आयोगमै धर्ना दिन बसेका देउवा पक्षका नेताहरु अहिले बाहिर निस्किएका छन्। कांग्रेस नेता पूर्ण बहादुर खड्काले आयोग बाहिर निस्किएर आफूहरुलाई यो निर्णय मान्य नहुने बताएका छन्।

दिउँसोदेखि नाराबाजी गरिरहेका कार्यकर्ताहरु अब के गर्ने भन्नेमा देखिन्थे।

अहिले आयोग परिसरमा देउवा पक्षका नेता कार्यकर्ताहरु निर्णयको विरोधमा नाराबाजी गरिरहेका छन्।