बैंकिङ क्षेत्रमा सुरक्षाका लागि गभर्नरले थाले पहल, प्रहरी महानिरीक्षक र बैंकरसँग छलफल



बिजमाण्डू
२०८२ माघ २ गते १८:१८ | Jan 16, 2026
बैंकिङ क्षेत्रमा सुरक्षाका लागि गभर्नरले थाले पहल, प्रहरी महानिरीक्षक र बैंकरसँग छलफल
प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गभर्नर डा. विश्व पौडेल। तस्वीर : नेपाल राष्ट्र बैंक

काठमाडौं। बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीमाथि आक्रमण हुन थालेपछि सुरक्षाका लागि नेपाल राष्ट्र बैंकले पहल थालेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले शुक्रबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएर सुरक्षा चुनौती बढेको विषयमा छलफल गरेको छ। गभर्नर डा. विश्व पौडेलले नेपाल बैंकर्स संघका पदाधिकारीको उपस्थितिमा प्रहरी महानिरिक्षकसँग छलफल गरेका हुन्।

गभर्नर डा. विश्व पौडेल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र बैंकरहरु। तस्वीर : नेपाल राष्ट्र बैंक

गभर्नरले पछिल्लो समय बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीका सुरक्षा चुनौतीका विषयमा केन्द्रित रहेर प्रहरी महानिरीक्षक दानबहादुर कार्की र बैंकर्स एसोसिएसनका पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ,’ राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत भनेको छ।

डेपुटी गभर्नर लगायत। तस्वीर : नेपाल राष्ट्र बैंक

पुस २९ गते राति सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाट भएको थियो। सिन्धुली बजारबाट करिब ३५ किलोमिटर टाढा पर्ने बैंकबाट लुटेराको समूहले कर्मचारीलाई नियन्त्रणमा लिएर भल्टबाट ३ करोड १० लाख ९५ हजार लुटेको थियो।

यसअघि सप्तरीमा ऋणको विषयमा बुझ्न जाँदा ज्योति विकास बैंकका कर्मचारी कुटपिटमा परेका थिए भने सुनसरीमा एनआइसी एसिया बैंकको कार्यालयमै पेट्रोल छर्किएर आगो लगाउने प्रयास भएको थियो।