काठमाडौं । नेपाल आउने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले टेनपे पेमेन्ट टेकनोलोजी कम्पनी लिमिटेडसँग प्रत्यक्ष सम्झौता गरेको जनाएको छ।
टेनपे पेमेन्ट टेकनोलोजी चीनमा ह्ववीच्याट पे (विसीन पे) संचालन गर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्प नीहो। उक्त सम्झौतापश्चातमा छापुच्छ्रे बैंकले ह्वीच्याटपेको माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्नेछ। जसअन्तर्गत चिनियाँ पर्यटकहरुले नेपालमा चिनियाँ मुद्रा (युआन) प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।
त्यस्तै, नेपाली व्यापारीहरुले पनि सोझै नेपाली रुपैयाँमा रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यसरी चिनियाँँ पर्यटकले प्रत्यक्ष रुपमा कारोबार गर्न सक्ने हुँदा पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सहज र सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहन हुने विश्वास बैंकले लिएको छ।
यो सम्झौताले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकका विभिन्न रणनीतिक पहलहरुमा पनि टेवा पुर्याउने विश्वास बैंकले लिएको छ।
साथै उक्त सम्झौताले वित्तिय डिजिटल समावेशीकरण, नगद रहित अर्थतन्त्र र भुक्तानीपूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेख्निय भूमिका खेल्ने अपेक्षा गरिएको छ।










