काठटमाडौं । माघ ४ गते राष्ट्रियसभा बैठक बोलाइएको छ। जेनजी प्रदर्शनपछि पहिलोपटक राष्ट्रियसभाको बैठक बस्न लागेको हो।
जेनजी प्रदर्शनमा संसद भवन धवस्त हुँदा अहिले बैठकका लागि सिंहदरबारभित्र सभा हल तयार गरिएको छ। सिंहदरबार परिसरमै निर्माणाधीन नयाँ संसद् भवनको काम पनि अझै सम्पन्न हुन सकेको छैन। जसकारण राष्ट्रियसभाको हिउँदे अधिवेशनका लागि वैकल्पिक सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षलाई मर्मत तथा विस्तार गरेर राष्ट्रियसभा बैठक बस्ने गरि निर्माण गरिएको हो।

बैठक कक्षमा राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रियसभा सदस्यका लागि सहज हुने गरि पूर्वाधार निर्माण गरिएको छ।

त्यसैगरी, दर्शकदीर्घा र संचारकर्मीहरु बस्न मिल्ने स्थानको समेत व्यवस्था गरिएको छ। हाल उक्त बैठक कक्षमा माइक, क्यामेरा तथा साउण्ड सिस्टम जडान गर्ने कार्य भइरहेको छ।
















