ड्रोनबाट यस्तो देखियो भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशन (तस्बिरहरू)



बिजमाण्डू
२०८२ पुष २७ गते १५:१२ | Jan 11, 2026
ड्रोनबाट यस्तो देखियो भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशन (तस्बिरहरू)


काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरू भएको छ। महाधिवेशनको आइतबार उद्घाटन गरिएको छ।

Tata
GBIME

कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन र विरुवामा पानी हालेर दोस्रो विशेष महाधिवेशनको उद्घाट गरेका छन्।

महाधिवेशनका कारण भृकुटीमण्डप भरिभराउ देखिएको छ। ड्रोनबाट हेर्दा महाधिवेशनमा प्रतिनिधि, पार्टीका कार्यकर्ता तथा अवलोकनकर्ताहरूले भृकुटीमण्डप खचाखच भरिएको देखिएको छ।

विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ।

गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको ३ महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ।

संस्थापनको बेवास्तापछि सोही विधानको दफालाई टेकेर कांग्रेसलाई पुनःजागरण गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुई दिने विशेष महाधिवेशन आइतबार सुरु भएको हो।