‘के ऋण धन गरेर लगानी गर्ने व्यवसायीले सेवा दिएरै नाफाको अपेक्षा गर्नु अपराध हो?’

बिजमाण्डू
२०८२ पुष १६ गते १६:१४ | Dec 31, 2025
‘के ऋण धन गरेर लगानी गर्ने व्यवसायीले सेवा दिएरै नाफाको अपेक्षा गर्नु अपराध हो?’


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री, मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुसामु विभिन्न ७ प्रश्न गरेका छन्।

GBIME
Tata

महासंघले बुधबार काठमाडौंमा राखेको कार्यक्रममा ढकालले ‘के ऋण धन गरेर लगानी गर्ने व्यवसायीले सेवा दिएरै नाफाको अपेक्षा गर्नु अपराध हो?’ लगायतका प्रश्न गरेका हुन्।

प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल र सबैजसो दलका नेताहरु सहभागी कार्यक्रममा ढकालले राखेका प्रश्न यस्ता छन्-

के ऋण धन गरेर लगानी गर्ने व्यवसायीले सेवा दिएरै नाफाको अपेक्षा गर्नु अपराध हो ?

होइन भने निजी क्षेत्रलाई किन सधैँ अपमानित गरिन्छ ?

त्यतिमात्र होइन हाम्रा निजी सम्पत्तिमाथि नै आक्रमण र आगजनी हुन्छ ?

के व्यवसायीले आफूले जोखिम लिएर धेरैलाई रोजगारी दिनु गलत हो ?

के हामीले कर तिरेर राज्य सञ्चालनका लागि खर्च जुटाउनु गलत हो ?

के पूर्वाधार निर्माण गर्नु र आम जनतालाई सेवा दिनु गलत हो ?

कल्पना गरौँ, मुलुकको स्वास्थ्य, शिक्षा, पूर्वाधार, यातायात, कृषि, सूचना प्रविधि तथा वित्तीय क्षेत्रमा निजी क्षेत्रको लगानी नहुने हो भने मुलुकको अवस्था के हुन्छ?