नक्सालमा आज रैथाने मौलिक खाद्य मेला, यस्ता परिकारहरू पाइन्छन् चाख्न



सुशील श्रेष्ठ
२०८२ मंसिर २८ गते १४:०१ | Dec 14, 2025
नक्सालमा आज रैथाने मौलिक खाद्य मेला, यस्ता परिकारहरू पाइन्छन् चाख्न


काठमाडौं। काठमाडौं महानगरपालिकाले रैथाने मौलिक खाद्य मेला २०८२ आयोजना गरेको छ। आइतबार नक्साल मैदानमा ‘स्वादमा एकता, थालमा विविधता’ नाराका साथ उक्त मेला आयोजना गरिएको हो।

Tata
GBIME

नेपालको जात्रापर्व, धार्मिक, सामाजिक तथा साँस्कृतिक रीतिरिवाजसँगै ऋतु अनुसार बनाइने स्थानीय खाद्य वस्तु मेलाका आकर्षणका रुपमा छन्।

मेलामा उपस्थित ग्राहकले मौलिक स्वादका रैथाने एवं स्थानीय खानाका परिकारहरूबारे जान्ने र खाने अवसर पाउने महानगरले जनाएको छ। मेला आइतबार बेलुका ७ बजेसम्म चल्ने छ।