काठमाडौं। ठूलो दल नेकपा एमालेको ११औं महाधिवेशन भक्तपुरको सल्लाघारी मैदानमा शनिबार सुरु भएको छ। देशभरबाट उपत्यकामा भेला भएका पार्टी नेता कार्यकर्ता महाधिवेशनमा आएका छन्।
महाधिवेशनको मञ्च विशेष तवरले कलात्मक सजावटको छ। नेता-कार्यकर्ता र्यालीमा सहभागी हुँदै अधिवेशन उद्घाटनस्थलमा पुगिरहेका छन्।



















