काठमाडौं। रोयल इन्फिल्डको हन्टर ३५० बाइक नयाँ फिचरसहित इन्जिन पनि अपडेट भएर नेपाली बजारमा आएको छ। आधिकारिक बिक्रेता त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभले उक्त बाइक सोमबारदेखि नेपाली बजारमा उपलब्ध गराएको हो।
कम्पनीले ल्याएको नयाँ हन्टर ३५० मा मुख्यतया इन्जिन अपडेट गरिएको छ। जसमा बीएस सिक्स ३४९ सीसी क्षमताको इन्जिन राखिएको छ। यसअघि बीएस फोर इन्जिन भएको हन्टर ३५० को मूल्य कम राख्न आवश्यक पर्ने केही फिचरहरु काटेर एसेम्बल गरिएको थियो। जसले गर्दा ग्राहकहरुले यसलाई कम रुचाएका थिए। यसअघि जुन कुरा बेसिक थियो, त्यही फिचर हटाएर कम मूल्यमा हन्टर लन्च गरिएको थियो।
तर अब भने उक्त कमीकमजोरीलाई ध्यानमा राखेर इन्जिन बीएस सिक्स र डबल च्यानल एबीएससहितको अन्य फिचरहरु थप गरिएका छन्। यस्तै अर्को स्लिप असिस्ट क्लच, ग्राउन्ड क्लियरेन्स, एलईडी सेटअप जस्ता फिचरहरु राखिएका छन्।
यसको दुई वटा सिंगल टोन र डुअल टोन भेरियन्ट बजारमा ल्याएको हो। कम्पनीले ल्याएको सिंगल टोनको मूल्य ४ लाख ९४ हजार ९०० र डुअल टोनको ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ।
सोमबारदेखि नै कम्पनीले उक्त बाइकको बुकिङ समेत खुलाएको छ। कम्पनीले नेपालमा डेढ वर्षदेखि अघिदेखि आफ्नो एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको छ, जहाँबाट नेपाली बजारका लागि बाइकहरु उत्पादन गर्दै आएको छ।











