जेनजी आन्दोलनपछि निजी क्षेत्रका कतिपय माग सम्बोधन भएकाले हामी उत्साही छौं : ढकाल



बिजमाण्डू
२०८२ मंसिर २१ गते ११:१८ | Dec 7, 2025
जेनजी आन्दोलनपछि निजी क्षेत्रका कतिपय माग सम्बोधन भएकाले हामी उत्साही छौं : ढकाल


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्।

Vigo
GBIME
Tata

उनले आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औं वार्षिक साधारण सभामा सरकार र निजी क्षेत्र नमिल्दा अर्थतन्त्रले गति लिन नसक्ने बताए।

‘जबसम्म सरकारले निजी क्षेत्रलाई सँगै लिएर अगाडि बढ्दैन तबसम्म देशमा आर्थिक विकास हुँदैन। यो प्रमाणित भइसकेको छ,’ उनले भने, ‘निजी क्षेत्रप्रतिको दृष्टिकोण फेर्न आवश्यक छ।’

उनले अर्थतन्त्रका एजेन्डामा सामूहिक प्रयास नभएकाले पनि नेपाल आर्थिकरुपमा पछाडि परेको बताए।

ढकालले जेनजीले उठाएको सुशासनको माग निजी क्षेत्रले पहिलेदेखि नै गर्दै आएको भन्दै जेनजी आन्दोलनपछि कतिपय माग सम्बोधन भएको बताए। ‘निजी क्षेत्रका कतिपय माग जेनजी आन्दोलनपछि सम्बोधन भएका छन्। यसले निजी क्षेत्र उत्साहित छ,’ उनले भने।