चांगन डिपलले चीनको चोङकिङस्थित हुन्डाईको प्लान्ट साढे ३२ अर्ब रुपैयाँमा किन्यो



बिजमाण्डू
२०८२ मंसिर १० गते १९:२४ | Nov 26, 2025
चांगन डिपलले चीनको चोङकिङस्थित हुन्डाईको प्लान्ट साढे ३२ अर्ब रुपैयाँमा किन्यो

काठमाडौं। चीनको चोङकिङमा रहेको हुन्डाईको प्लान्ट चांगन डिपलले किनेको छ। चांगन डिपलले आफ्नो उत्पादन बढाउने उद्देश्यसहित २२ करोड ८० लाख अमेरिकी डलर अर्थात साढे ३२ अर्ब रुपैयाँमा हुन्डाईको प्लान्ट खरिद गरेको हो।

Tata
GBIME
Nepal Life

प्लान्टको स्वामित्व अब बेइजिङ हुन्डाई मोटर कम्पनीबाट चांगनको डिपल अटोमोबाइल टेक्नोलोजी कम्पनीमा हस्तान्तरण हुनेछ।

चांगन डिपलले किनेको प्लान्टसँग वार्षिक ३ लाख युनिट गाडी उत्पादन गर्ने क्षमता छ। यो चीनमा रहेको हुन्डाईको पाचौं ठूलो प्लान्ट हो। यो प्लान्टमा चांगन डिपलले कुन मोडलको गाडी उत्पादन गर्छ भन्ने खुलाइएको छैन।

डिपलले अहिले नान्जिङ र बेइजिङमा रहेको प्लान्टबाट गाडी उत्पादन गर्दै आएको छ।