बेन्ट्लीले पनि ल्याउने भयो इभी, ब्रान्डको विरासत थाम्ने नयाँ डिजाइन विकासमा चुनौती



बिजमाण्डू
२०८२ कात्तिक २७ गते ११:५५ | Nov 13, 2025
बेन्ट्लीले पनि ल्याउने भयो इभी, ब्रान्डको विरासत थाम्ने नयाँ डिजाइन विकासमा चुनौती

काठमाडौं। ब्रिटिस लक्जरी कार ब्रान्ड बेन्ट्लीले पनि आफ्नो पहिलो इभी कार बजारमा ल्याउने भएको छ। ग्लोबल प्रोटोटाइप टेस्टिङका रुपमा ‘लक्जरी अर्बन एसयुभी’ ल्याउन लागेको छ।

Tata
GBIME
Nepal Life

यसमा ११३ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध हुने अनुमान गरिएको छ। यसलाई एक पटकको फुल चार्जमा ६०० किलोमिटरसम्म चलाउन सकिने रेन्ज हुनेछ।

यसले ३०० किलोवाट क्षमताको चार्जिङ स्पिड सपोर्ट गर्ने बनाउने लागिएको कम्पनीले जनाएको छ। कम्पनीले पहिलो इभी बनाउन प्रिमियम प्लेटफार्म इलेक्ट्रिक (पीपीइ)को उपयोग गर्दैछ, जुन पोर्से र अउडी समूहका गाडी उत्पादनका लागि सहयोगी प्लेटफर्म हो।

ब्रिटेनको प्रतिष्ठित लक्जरी कार निर्माता कम्पनी ब्रेन्टली मोटर्स अहिलेसम्म इभीको बजारमा प्रवेश गरिसकेको छैन। यो ब्रान्ड ठूला र लक्जरी मोडलका लागि चिनिन्छ। सन् १९१९ मा डब्ल्यु. ओ. बेन्ट्लीले स्थापना गरेको यो कम्पनी सुरुमा हाइ पावर स्पोर्ट्स रेस कारका लागि प्रसिद्ध थियो। पछि यसले राजघरानादेखि व्यावसायिक उच्च वर्गका ग्राहक लक्षित लक्जरी सेडान र एसयूभी उत्पादन गर्न थाल्यो। हाल यो जर्मन समूह फक्सवागन एजीअन्तर्गत सञ्चालनमा छ।

विश्व प्रसिद्ध सवारी निर्माता कम्पनीहरु इभीमा नयाँ-नयाँ मोडल ल्याउने होडमा रहेका बेला आफ्नो ब्रान्ड र बजारमा बनाएको पहिचानसँग मेल खाने डिजाइन इभीमा बनाएर आउन ब्रेन्टलीलाई ठूलो चुनौती छ।

अटोमोबाइलको विश्वबजार विद्युतीय मोडलतर्फ आकर्षित भएपछि बेन्टली पनि यसमा अघि बढ्ने बाध्यता भएको हो। इभी बजारमा खास प्रकारको मोडलसँगै आफ्नो प्रवेश देखाउने तयारी कम्पनीले गरेको छ। इभी मोडल उत्पादनका लागि कम्पनीले पूर्वाधारमा लगानी पनि बढाएको छ।

कम्पनीका अनुसार पहिलो इभीलाई २०२६ को अन्त्यसम्म सार्वजनिक गरिनेछ। उक्त गाडी ग्राहकलाई २०२७ मा मात्रै डेलिभरी गर्ने योजना छ। बेन्टलीले पहिले ‘सन् २०३० सम्म सबै मोडल इलेक्ट्रिक’ ल्याउने लक्ष्य राखेको थियो। तर, अहिले उक्त लक्ष्यलाई २०३५ सम्म लम्ब्याइएको छ।