जेनजी आन्दोलनमा आगजनी भएको चन्द्रागिरि केबलकारको मर्मत सकियो, कात्तिक २२ देखि संचालन

बिजमाण्डू
२०८२ कात्तिक १९ गते १७:१८ | Nov 5, 2025
जेनजी आन्दोलनमा आगजनी भएको चन्द्रागिरि केबलकारको मर्मत सकियो, कात्तिक २२ देखि संचालन
फाइल तस्वीर


काठमाडौं। जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड र आगजनी भएको चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि संचालनमा आउने भएको छ।  

Vigo
GBIME
Tata

आगजनी र तोडफोडबाट क्षति पुगेका संरचना मर्मत सम्भारपछि केबलकार संचालनमा ल्याउन लागिएको हो। कम्पनीले आगामी शनिबारबाट केबलकार संचालनमा ल्याउने सार्वजनिक सूचना निकालेको छ।

जेनजीको आन्दोलनका क्रममा केबलकारको मुख्य सञ्चालन युनिट, केबलकारको गन्डोला पार्किङ तथा स्टोर युनिट, केबलकारको टिकट काउन्टर, कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र, रेस्टुरेन्ट, कफीसप लगायत संरचनामा क्षति पुगेको थियो।

त्यहीकारण कम्पनीले अर्को सूचना नभएसम्मका लागि केबलकार सेवा बन्द गरेको थियो।