काठमाडौं। आयोन भी गाडी सुरक्षाका दृष्टिले उत्कृष्ट देखिएको छ। यो गाडीले यूरो एनक्याप टेस्टमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ। यो रेटिङलाई अटोमोबाइल क्षेत्रमा उत्कृष्ट मानिन्छ।
नेपालका लागि आयोनको आधिकारिक बिक्रेता सीजी मोटर्सले आयोन भी गाडीले हालै यूरो एनक्याप टेस्टमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको जनाएको छ।
उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित इभी ब्रान्ड आयोनका दुई मोडलका प्रिमियम इभी नेपाली बजारमा उपलब्ध छन्।
आयोन भीमा उन्नत बडी स्ट्रक्चर, मल्टी सेन्सर कोलिजन डिटेक्सन र एआई संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषता छन्, जसले चालकलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दछ।











