सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि लाग्यो उकालो



बिजमाण्डू
२०८२ असोज १० गते ११:२९ | Sep 26, 2025
सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि लाग्यो उकालो

काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। सुनको भाउ शुक्रबार तोलामा १२ सय रुपैयाँ बढेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख २२ हजार ५ सय रुपैयाँ पुगेको छ।

बिहीबार सुन तोलामा १७ सय रुपैयाँले सस्तिएको थियो।

चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर प्रति तोला २ हजार ७४० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन मूल्य प्रतिऔंस ३७४४.७८ डलर र चाँदी प्रतिऔंस ४४.७३ डलरमा कारोबार भइरहेको छ।