काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। सुनको भाउ शुक्रबार तोलामा १२ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख २२ हजार ५ सय रुपैयाँ पुगेको छ।
बिहीबार सुन तोलामा १७ सय रुपैयाँले सस्तिएको थियो।
चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर प्रति तोला २ हजार ७४० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन मूल्य प्रतिऔंस ३७४४.७८ डलर र चाँदी प्रतिऔंस ४४.७३ डलरमा कारोबार भइरहेको छ।