ग्रिनलाइफ हाइड्रोपावरको तीन वर्षको साधारणसभा कात्तिक १८ गते, हकप्रद सेयर जारी गर्ने प्रस्ताव



बिजमाण्डू
२०८२ असोज ९ गते ११:३२ | Sep 25, 2025
ग्रिनलाइफ हाइड्रोपावरको तीन वर्षको साधारणसभा कात्तिक १८ गते, हकप्रद सेयर जारी गर्ने प्रस्ताव

काठमाडौं। ग्रिनलाइफ हाइड्रोपावरले तीन आर्थिक वर्षको साधारण सभा कात्तिक १८ गते गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ को साधारण सभा कात्तिक १८ गते गर्ने भएको हो।

कम्पनीको सञ्चालक समितिले साधारण सभामा १:१ अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव लाने निर्णय गरेको छ। साधारण सभा प्रयोजनका लागि कात्तिक १२ गते बुक क्लोज मिति तोकिएको छ।