काठमाडौं। ग्रिनलाइफ हाइड्रोपावरले तीन आर्थिक वर्षको साधारण सभा कात्तिक १८ गते गर्ने भएको छ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ को साधारण सभा कात्तिक १८ गते गर्ने भएको हो।
कम्पनीको सञ्चालक समितिले साधारण सभामा १:१ अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव लाने निर्णय गरेको छ। साधारण सभा प्रयोजनका लागि कात्तिक १२ गते बुक क्लोज मिति तोकिएको छ।