टेलिकम र एनसेलको ई-सिम प्रयोगकर्ता ४ लाखभन्दा बढी, कुन-कुन फोनमा चलाउन मिल्छ?



पुष्पा आचार्य
२०८२ साउन २३ गते ११:५५ | Aug 8, 2025
टेलिकम र एनसेलको ई-सिम प्रयोगकर्ता ४ लाखभन्दा बढी, कुन-कुन फोनमा चलाउन मिल्छ?

काठमाडौं। नेपालमा ई-सिम प्रयोग गर्नेहरूको संख्या बढेको छ। सरकारी स्वामित्वको नेपाल टेलिकम (एनटीसी) र निजी क्षेत्रको एनसेलको ई-सिम प्रयोग गर्ने ग्राहकको संख्या ४ लाख ५ हजार ६६३ पुगेको छ।

Tata
GBIME
Nepal Life

ई-सिम एक प्रकारको डिजिटल इम्बेडेड सिम हो। ई-सिम लिएपछि पुरानो भौतिक सिमकार्डको आवश्यकता पर्दैन। यसका लागि ई-सिम सपोर्ट गर्ने मोबाइल आवश्यक हुन्छ। यसलाई पुरानो सिम जसरी नै सामान्य रुपमा प्रयोग गर्न सकिन्छ।

एनटीसीको तंथ्याक अनुसार २०८२ मा ई-सिम प्रयोग गर्ने ग्राहकको संख्या २ लाख ३० हजार ६ सय ६३ पुगेको हो। एनसेलको ई-सिम प्रयोग गर्ने ग्राहकको संख्या १ लाख ७५ हजार पुगेको छ।

२०८१ मा एनटीसीको ई-सिम प्रयोग गर्ने ग्राहकको संख्या १ लाख ८५ हजार थियो। त्यस्तै, एनसेलको तंथ्याकअनुसार २०८१ मा ई-सिम प्रयोग गर्ने ग्राहकको संख्या १ लाख ५० हजार थियो।

विदेश यात्रा गर्दा प्रयोगकर्ताले रोमिङ सेवा सक्रिय गरेर ई-सिम प्रयोग गर्ने गरेको एनसेलले जनाएको छ। एनसेल प्रयोगकर्ताले आफ्नो सिमलाई ई-सिममा अपग्रेड गर्दा १ सय रुपैयाँ शुल्क लाग्छ  भने एनटीसीमा ५० रुपैयाँ शुल्क लाग्छ।

आफ्नो मोबाइलबाट *#०६# डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बर देखिए उक्त सेटमा ई-सिम चल्छ।

एनटीसीले २०८० वैशाखमा प्राधिकरणलाई १ लाख ५० हजार थान ई-सिम उपलब्ध गराएको थियो । एनटीसीले २०७९ मंसिरबाट देशव्यापी रुपमा ई-सिम वितरण सुरु गरेको थियो।

एनसेलले २०८१ मंसिरबाट ई-सिम वितरण सुरु गरेको थियो। नेपालमा ई-सिम कार्यान्वयन गर्न एनसेलले बेलायतको अग्रणी ई-सिम प्लेटफर्म प्रदायक ट्रुफोनसँग सहकार्य गरेको छ।

नेपाल दूरसञ्‍चार प्राधिकरणले २०८१ माघ २२ देखि अनलाइनबाटै सिम लिन मिल्ने सुविधा ल्याएको थियो।

यसका लागि ई-सिम सपोर्ट गर्ने मोबाइल आवश्यक हुन्छ। यसलाई पुरानो सिम जसरी नै सामान्य रुपमा प्रयोग गर्न सकिन्छ।

नेपाल दूरसञ्‍चार प्राधिकरणले २०८१ माघ २२ देखि अनलाइनबाटै सिम लिन मिल्ने सुविधा ल्याएको थियो ।

कुन-कुन फोनमा प्रयोग गर्न सकिन्छ ई-सिम?

ई-सिम सबै मोबाइल फोनमा भने सपोर्ट गर्दैन। यो सिम हाइ एन्ड फ्ल्यागसिप फोनहरूको नयाँ मोडलमा मात्रै चलाउन सकिन्छ।

आईफोन एक्सएसदेखि माथिका नयाँ मोडलहरूमा ई-सिम सपोर्ट गर्छ। सामसङको ग्यालेक्सी एस-२१ देखि माथिका मोडल तथा ग्यालेक्सी जेड फ्लिप, ग्यालेक्सी जेड फोल्डमा पनि ई-सिम प्रयोग गर्न मिल्छ।

त्यस्तै, गुगल पिक्सेल ४ देखि माथिका मोडलमा ई-सिम प्रयोग गर्न सकिन्छ। हुवावे पी-४० सेरिज र मेट ४० प्रो, मोटोरोला रेजर २०१९ र रेजर ५जी, ओप्पो फाइन्ड एक्स-३ प्रो, रेनो ५-ए र रेनो ६ प्रो ५जी लगायतका फोनमा पनि ई-सिम सपोर्ट गर्छ।