अफ्रिकी देश सोमालिया पुग्यो स्टारलिंक, आजबाट हाइस्पिड इन्टरनेट सेवा सुरु



बिजमाण्डू
२०८२ साउन २० गते १०:०२ | Aug 5, 2025
अफ्रिकी देश सोमालिया पुग्यो स्टारलिंक, आजबाट हाइस्पिड इन्टरनेट सेवा सुरु

इलन मस्कको स्टारलिंकको इन्टरनेट सेवा सोमालियामा पनि सुरु भएको छ।

Tata
GBIME
Nepal Life

पछिल्लो समय विश्वभर आफ्नो संजाल विस्तार गरिरहेको स्टारलिंकले आजबाट सोमालियामा हाइस्पिड लो-लेटेनसी इन्टरनेट सेवा सुरु भएको जनाएको हो।

अफ्रिका महादेशमा रहेको सोमालियाका ६५ प्रतिशतभन्दा बढी जनता अत्याधिक गरिबीको चपेटामा छन्।

स्टारलिंक अफ्रिका र एसियाली देशहहरुमा विस्तार हुने क्रम जारी छ। दक्षिण एसियाली देशहरुमा पनि स्टारलिंकको इन्टरनेट विस्तार भइरहेको छ।

नेपालमा पनि स्टारलिंको इन्टरनेट सेवा सुरु गर्नेबारे छलफल चलेको छ। तर,  प्रक्रियागत ढिलासुस्तीका कारण त्यो कार्य अघि बढ्न सकेको छैन।