विद्यार्थीलाई लक्षित गरेर एनसेलले ल्यायो सधैं अन प्याक, अनलिमिटेड फेसबुक, टिकटक र युट्युब उपलब्ध



बिजमाण्डू
२०८२ साउन ९ गते १७:३९ | Jul 25, 2025
विद्यार्थीलाई लक्षित गरेर एनसेलले ल्यायो सधैं अन प्याक, अनलिमिटेड फेसबुक, टिकटक र युट्युब उपलब्ध

काठमाडौं। एनसेलले विद्यार्थीलक्षित ‘सधैं अन रिन्युअल’ प्लानहरू संचालनमा ल्याएको छ। २०८१ को एसईई दिएकासहित सबै विद्यार्थीहरू लक्षित यो स्टार्टर प्लान अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने एनसेलले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार करसहित ३९९ रुपैयाँ र सोभन्दा माथिका मासिक शुल्कमा उपलब्ध हुने यी प्लानहरूमा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक, अनलिमिटेड युट्युब, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्रीको पहुँच, अनलिमिटेड नाइट डेटा र प्याकमा समावेश अन्य सेवाहरू पाइन्छ।

३९९ रुपैयाँको प्लानमा विद्यार्थीहरूले ३० दिनका लागि ३९९ मिनेट अल नेपाल कल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएको सेवाहरू पाउँछन्। त्यसैगरी, ५९९ रुपैयाँको प्लान लिएमा ५९९ मिनेट अल नेपाल टक टाइम, २० जीबी डेटा र ५९ वटा अल नेपाल एसएमएस सेवाहरू पाउने कम्पनीले जानकारी दिएको छ।

यो योजनाअन्तर्गत आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा आमाबुवाको नागरिकताको प्रतिलिपिसहित नजिकको कुनै पनि एनसेल सेन्टर वा आधिकारिक विक्रेताबाट विद्यार्थीहरूले सिम वा ई-सिम लिन सक्नेछन्।

‘सधैं अन रिन्युअल’ अन्तर्गतको यो स्टार्टर प्लानले विद्यार्थीहरूलाई आफ्नो डिजिटल यात्रा आफ्नै सिमबाट सुरु गर्न सहयोग गर्ने, उनीहरूलाई सधैं अन राख्ने र साथीभाइ तथा परिवारका सदस्यहरूसँग सम्पर्कमा रहिरहन ठूलो भूमिका खेल्ने विश्वास एनसेलले लिएको छ।