राष्ट्रिय बाणिज्य बैंकले खोल्यो सुदूरपश्चिममा प्रादेशिक कार्यालय

बिजमाण्डू
२०७६ कात्तिक २५ गते १६:२५ | Nov 11, 2019
राष्ट्रिय बाणिज्य बैंकले खोल्यो सुदूरपश्चिममा प्रादेशिक कार्यालय

Tata
GBIME

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सुदूर पश्चिम प्रादेशिक कार्यालय धनगढीमा खोलेको छ। कार्यालयको उद्घाटन सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले ताम्रपत्र अनावरण गर्दै गरेका छन्। 

भट्टले सरकारको लगानीमा संचालित संस्थानहरुको कार्यसम्पादन विगतमा सन्तोषजनक नभएपनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताए।

उनले सेवा प्रवाहमा गुणस्तरीयताका लागि सम्पूर्ण ग्राहकहरुलाई समान ब्यवहार गर्नुपर्ने तथा सरल र सहज बैंकिङ्ग सेवा प्रवाहका लागि “सेवा सहितको नाफा र नाफा सहितको सेवा” प्रवाहमा ध्यान दिनुपर्ने बताए। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानिय तहमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने प्रतिबद्धता ब्यक्त गरे। उनले 'समृद्ध नेपाल सुखी नेपाली' को नारा सार्थक पार्न बैंक तथा वित्तीय संस्थाहरुको अहम् भुमिका हुने बताउँदै त्यसमा राष्ट्रिय वाणिज्य बैंकले अग्रणी भुमिका निर्वाह गर्ने बताए।