भन्सार दरले बढायो सुनको भाउ, एक तोलाको ७१ हजार २ सय पुग्यो, मंसिरमा सस्तिएला?

बिजमाण्डू
२०७६ कात्तिक २५ गते ११:५४ | Nov 11, 2019

Tata
GBIME

काठमाडौँ। भन्सार दर बढेका करण स्थानीय बजारमा सुनको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ। सोमबार दुई सय रुपैयाँले बढेर प्रति तोला सुनको मूल्य ७१ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको छ।

आइतबार एकै दिनमा सुनको मूल्य ११ सय रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा उक्लिएको थियो। शुक्रवार प्रतितोला सुनको मूल्य ६९ हजार नौ सय रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र नेपालमा सुनको भन्सार दर बढेका कारण सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १४६३ रुपैयाँ कायम छ। आइतबार प्रतिऔंस सुनको मूल्य १४६२ डलर रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दो क्रममा रहेकोमा सोमबार भने एक डलरले बढेको हो।

दुई साता अघि प्रतिऔंस सुनको मूल्य १५१६ डलर रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा हाल सम्मकै उच्च मूल्य प्रतिऔंस १५२९ डलर ४० सेन्ट सम्म पुगेको रेकर्ड छ। यो मूल्य सन् २०१९ अगस्ट १ मा कायम भएको थियो।