नाडा अटो शोका लागि छुट्याइयो स्टल, ७५ कम्पनीले सहभागिता जनाउने

बिजमाण्डू
२०८२ असार १९ गते १८:३२ | Jul 3, 2025
नाडा अटो शोका लागि छुट्याइयो स्टल, ७५ कम्पनीले सहभागिता जनाउने
फाइल तस्वीर

काठमाडौं। आगामी भदौ ३ गतेदेखि भृकुटीमण्डपमा हुने नाडा अटो शोका लागि स्टल बाँडफाँड गरिएको छ।

Tata
GBIME

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बिहीबार एक कार्यक्रम गरी अटो शोका लागि स्टल छुट्याएको हो। अटो शोमा ७५ वटा स्टल रहनेछन्।

चार पाङग्रेतर्फ डिपल, अवतार, डोङफेङ नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, आइएडब्लू ब्रम्बी, जेवाई एयर, बिलाभल, एलएस अटो र जिङपेङ गरी १८ वटा ब्रान्डले स्टल राख्ने निश्चित भएको छ।

दुई पाङग्रेतर्फ हिरो, रोयल इन्फिल्ड, जोनसन र यामाहाले स्टल राख्नेछन्।

लाइट कमर्सियल भेहिकलमा न्यु जोनाउ, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाइसी/किङलङ, मोन्ट्रा, स्काईवर्थ, काइन्यु, केवाइ/नाभिको र सुनलङ ब्रान्डका १३ वटा स्टल रहनेछन्।

नाडाले यसपटकको अटो शो नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी हुने बताएको छ।

अटो कम्पोनेन्टहरुमा एसियन, गल्फ, डकह्याम्स, एटीएस एल्गी, माफ्रा, म्याक्ससाइन, वेभेक्स/कुरुमा, मासिमो नेपाल, म्याचिलिन, लिक्वी मोलि, एसटीसी राइड/ इनर्जी, सिएट टायर, जेके/गुड टायर, स्पाइसर, भुल्कन, आईटीआर/एटीएफ, युएसबी/होबी, सीवाईजी, केपीआई एण्ड कोहिनुर, मनाती, इलेक्ट्रिक भेहिकल चार्जर, टाटा ग्रिन, टोटल इनर्जी, स्टुड्स/एसएमके, माइक्रोबिज, होराइजन एफसीटी, म्याक, पीएलओ लगायतका ४० वटा स्टल रहने नाडाले जनाएको छ।

नाडा अटो शोमा मेड इन नेपाल पेभेलियन र भिन्टेज कार पेभेलियन रहनेछन्। नाडाले अटो डायलग पनि गराउनेछ। यस संस्करणको टाइटल स्पोन्सर एमएडब्लू ग्रुप अफ कम्पनिज रहनेछ।