दक्षिण एसियामा संजाल फैलाउँदै स्टारलिंक, श्रीलंकामा पनि हाइस्पिड इन्टरनेट सेवा सुरु

बिजमाण्डू
२०८२ असार १८ गते १३:०३ | Jul 2, 2025
दक्षिण एसियामा संजाल फैलाउँदै स्टारलिंक, श्रीलंकामा पनि हाइस्पिड इन्टरनेट सेवा सुरु

दक्षिण एसियाली देशहरुमा स्टारलिंकले आफ्नो संचार विस्तार गरिरहेको छ। स्टारलिंकको इन्टरनेट श्रीलंकामा पनि सुरु भएको छ।

Tata
GBIME

स्टारलिंक स्पेसएक्सको स्याटेलाइट युनिट हो। यो विश्वका धनाढ्य इलन मस्कको कम्पनी हो। स्टारलिंकले आफ्नो हाइ स्पिड लो लेटेन्सी इन्टरनेट अबदेखि श्रीलंकामा पनि उपलब्ध भएको जनाएको हो।

गत वर्ष श्रीलंकाको राष्ट्रपति कार्यालयले इलन मस्कको स्टारलिंकलाई इन्टरनेट सेवा संचालन गर्न प्रारम्भिक अनुमति दिएको थियो। मस्कले तत्कालिन राष्ट्रपति रनिल बिक्रमासिंगेसँग इन्डोनेसियामा भेट गरेका थिए। त्यसपछि यो श्रीलंकाको टेलिकम नियामकले प्रक्रियालाई तीब्रता दिएको थियो।

स्टारलिंकको इन्टरनेट दक्षिण एसियाली देशहरु भुटान र बंगलादेशमा सुरु भइसकेको छ। भारतमा पनि स्टारलिंकको इन्टरनेट सेवा उपलब्ध गराउनेबारे सहमति भइसकेको छ।

नेपालमा पनि स्टारलिंकको इन्टरनेट ल्याउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र मस्कबीच भिडियो वार्ता भएको थियो। तर, प्रक्रिया कहाँ पुग्ने भन्नेबारे कुनै जानकारी छैन।