
काठमाडौं। युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। मंगलबार कम्पनीको १ लाख ७७ हजार २४० कित्ता बोनस सेयर थपिएको हो।
युनाइटेड आइडीआइ मार्दी आरबीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयरपछि ४६ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी पुगेको छ।
कम्पनीले अब चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ।