
काठमाडौं। नियमित कप्तान अञ्जिला तुम्बाफो सुब्बासहित प्रीति राई र रेखा पौडेल लाओसविरुद्धको खेलमा सुरुवाती ११ भन्दा बाहिर छन्। नेपाली टोलीको प्रशिक्षकका रुपमा डेब्यु गरेका प्रशिक्षक प्याट्रिक डी वाइल्डले सुरुवाती ११ मा व्यापक परिवर्तन गर्दै टोलीको घोषणा गरेका हुन्।
टोलीको कप्तानी अनुभवी मिडफिल्डर रेनुका नगरकोटेले पाएकी छिन्। उनले यसअघि पनि नेपाली टोलीको कप्तानी सम्हालिसकेकी छिन्।
गोलकिपरमा आज अञ्जना राना मगरले सुरुवात गर्नेछिन्।

एएफसी एसियन कप छनोट अन्तर्गत नेपालको समूह ‘एफ’ मा नेपालले आफ्नो पहिलो खेलमा लाओससँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपालको प्लेइङ ११
अञ्जना रानामगर, समीक्षा घिमिरे, गीता राना, निशा थोकर, सरु लिम्बू, रेनुका हमाल, सविता राना मगर, रेनुका नगरकोटी (कप्तान), अनिता बस्नेत, रश्मी घिसिङ