बजेटबारे प्रधानमन्त्री ओलीले संसद्‍ बैठकमा भने- अन्तिम न्याय परम् सत्य यही हो भन्दिन

बिजमाण्डू
२०८२ असार १० गते १७:१४ | Jun 24, 2025
बजेटबारे प्रधानमन्त्री ओलीले संसद्‍ बैठकमा भने- अन्तिम न्याय परम् सत्य यही हो भन्दिन
केपी शर्मा ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा कमीकमजोरी रहेको स्वीकार गरेका छन्।

Tata
GBIME

उनले सांसदहरुले उठाएका प्रश्नमा मंगलबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिने क्रममा सरकारले सकेसम्म सन्तुलितरुपमा बजेट बनाएको तर कमजोरी छैन भनेर दाबी गर्न नसक्ने बताए।

‘बजेट सकेसम्म सन्तुलित ल्याइएको छ। तर, म अन्तिम न्याय परम् सत्य यही हो भन्दिन। कमीकमजोरी नहरेको होलान् पनि भन्दिन। यो निर्विवाद हुनुपर्छ पनि भन्दिन। विवादका ठाउँ हुन सक्छन्,’ उनले भने, ‘अपेक्षा कहिं पनि पूरा भएका हुँदैनन्। त्यसैले मेरो आग्रह गर्ने काम हो, समर्थन गरिदिनुस्।’

उनले सरकारले सन्तुलित, समन्यायिक र नतिजामूलक हुने गरी बजेट ल्याइएको तर सर्वसम्मति भने सम्भव नहुने बताए।

प्रतिनिधि सभाको मंगलबारको बैठक

‘बजेट यहाँ मात्र होइन, कहिं पनि सर्वसम्मति हुने खालको आएको मैले भट्टाएको छैन। अलिकति आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ। विकास धेरै ठाउँमा चाहिया छ, बजेट कम छ। तीव्र विकास चाहिया छ, सुस्त गति छ। यो माग र आपूर्तिबीचको असन्तुलनले पैदा गरेको कुरा हो।’