
काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्राकार ट्रेडर्सलाई जरिवाना तिराएको छ। विभागले काठमाडौं महानगरपालिका- ९ स्थित कम्पनीलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराएको हो।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) अनुसार कसुर गरेकाले जरिवाना तिराएको विभागले जनाएको छ। विभागले लबल नभएका र एमआरपीविनाका वस्तु बेच्ने कम्पनीविरुद्ध तीन महिनादेखि कारबाही गर्दै आएको छ।
विभागले आइतबार हार्डवेयर, कपडा, जुत्ता लगायत फर्ममा अनुगमन गरेको थियो। त्यसमध्ये १४ वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजपत्रसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।