सेयर बजार सूचक घट्दा पनि रकममा सुधार, ९ अर्ब ८ करोड ५८ लाखको कारोबार

बिजमाण्डू
२०८२ असार ४ गते १५:४१ | Jun 18, 2025
सेयर बजार सूचक घट्दा पनि रकममा सुधार, ९ अर्ब ८ करोड ५८ लाखको कारोबार

काठमाडौं। साताको चौथो दिन सेयर बजार परिसूचक घटे पनि कारोबार रकममा बढोत्तरी भएको छ। बुधबार नेप्से १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा रह्यो।

Tata
GBIME

कारोबारमा आएका बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, माइक्रो फाइनान्स, निर्जीवन बीमा कम्पनी र ट्रेडिङ सूचकले बजार घटाएका हुन्।

विकास बैंक उपसमूहको सूचक सर्वाधिक १.२५ प्रतिशतले घटेको छ। १५९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

८८ कम्पनीको सेयर मूल्य बढेको छ। पियोर इनर्जी र जोशी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सूचक सामान्य अंकले घटे पनि कारोबार रकम बढेको छ।

अघिल्लो दिन ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार बढेर ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक ७१ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, सिंगटी हाइड्रोपावर ६१ करोड ८० लाख र बुटवल पावर कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।