प्रतिनिधि सभामा रास्वपाको वेल घेराउ र नाराबाजी, सभामुखले बैठक चलाएपछि राप्रपाको बहिष्कार

बिजमाण्डू
२०८२ असार २ गते १३:०४ | Jun 16, 2025
प्रतिनिधि सभामा रास्वपाको वेल घेराउ र नाराबाजी, सभामुखले बैठक चलाएपछि राप्रपाको बहिष्कार

काठमाडौं। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ र नाराबाजीलाई निरन्तरता दिएको छ।

Tata
GBIME

भिजिट भिसाका नाममा त्रिभुवन विमानस्थलमा भएको अवैध असुलीमा छानबिन समिति गठनको माग सम्बोधन नभएको भन्दै रास्वपाले वेल घेराउलाई निरन्तरता दिएको हो।

प्रतिनिधि सभाको सोमबारको बैठकमा रास्वपाका सांसदहरुले छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा मागेर नाराबाजी गरिरहेका छन्। रास्वपाले आइतबारको बैठकमा पनि वेल घेराउ र नाराबाजी गरेको थियो।

सभामुख देवराज घिमिरेले रास्वपाको वेल घेराउ र नाराबाजीकै बीच बजेटमाथिको सैद्धान्तिक छलफल अगाडि बढाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विपक्षी दलको अवरोधलाई बेवास्ता गरेर सदनको कारबाही अगाडि बढाइएको भन्दै बैठक बहिष्कार गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बैठक बहिष्कार गरेको अवस्थामा आफ्ना पार्टीका सांसदले पाउने भत्ता राजस्वमा जम्मा गर्ने व्यवस्था मिलाउन सभामुखलाई आग्रह गरे।