
काठमाडौं। लगातार उच्च बनेको सुनको कारोबार मूल्य साताको दोस्रो दिन सोमबार प्रति तोला एक लाख ९७ हजार ५ सय रुपैयाँमा स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारका तुलनामा ४ सय रुपैयाँ बढेर आइतबार उक्त मूल्य कायम भएको हो। मूल्य उच्च भइरहँदा कारोबारमा मन्दी छ। सरकारले सुन र सुनका गहनामा लगाएको विलासिता करको विरोधमा आन्दोलित व्यवसायीले पसल पसलमा कालो ब्यानर राखेका छन्।
चाँदी पनि स्थिर छ। १५ रुपैयाँ बढेर शुक्रबार प्रति तोला २ हजार १ सय ६५ रुपैयाँ भएको चाँदीको कारोबार मूल्यमा त्यसयता घटबढ भएको छैन।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ३४२९.०३ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस ३६.२९ डलर छ।