
काठमाडौं । तीनकुनेमा राजावादीको नाममा भएको अराजक गतिविधिमा संलग्नहरु मध्ये ७ जनालाई थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। तोडफोड, आगजनी र लुटपाटको मतियार दुर्गा प्रसाईंलाई अदालतले थुनामा पठाउन आदेश दिएको छ।
प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, कुमार तामाङ, केशव बस्नेत, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी र सुशिल बराललाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।
३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश भएको छ। कसुर हेरेर प्रतिवादीहरुसँग १० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म माग गरिएको छ।
कसलाई कति धरौटी मागियो ?

