
काठमाडौं। नेपाल पर्यटन बोर्ड हङकङमा आयोजित अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई)मा सहभागी भएको छ। पर्यटन प्रवर्धनका लागि भन्दै बोर्डले आईटीईमा सहभागिता जनाएको हो।
चार दिनसम्म चल्ने आईटीईमा बोर्डले अलग्गै पेभेलियन राखेको छ।
पेभेलियनमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल, पर्ल होलिडेज, अल्पाइन क्लब अफ हिमालयन, कनेक्ट माइस, नर्थ नेपाल ट्राभल एण्ड ट्रेक, सातोरी एड्भेन्चर्स, जुगल होलिडेज र क्यान्टन इन्टरनेसनल ट्राभल सर्भिस नेपालको सहभागिता छ।
बोर्डले पेभेलियनमार्फत सांस्कृतिक सम्पदा, हिमाली दृश्य, रोमाञ्चक साहसिक गतिविधि प्रदर्शन गरेको छ। बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले आईटीईबाट नेपालमा पर्यटकको संख्या बढाउन सहयोग पुग्ने बताए।
हङकङका लागि नेपाली महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकले आईटीईबाट अधिकतम लाभ लिने गरी प्रचार गर्न बोर्ड र पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्।