नेदरल्याण्ड्सले टस जित्यो : नेपालले पहिला फिल्डिङ गर्ने, टोलीमा एक परिवर्तन

बिजमाण्डू
२०८२ जेठ २१ गते १५:४० | Jun 4, 2025
नेदरल्याण्ड्सले टस जित्यो : नेपालले पहिला फिल्डिङ गर्ने, टोलीमा एक परिवर्तन
नेपाल र नेदरल्याण्डसका कप्तान। तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। आईसीसी टी-२० विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

Tata
GBIME

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित त्रिदेशीय सिरिजमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा करण केसीको उत्कृष्ट अलराउण्ड प्रदर्शनको सहायतामा नेपालले घरेलु टोली स्कटल्याण्डलाई हराएको थियो।

स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल स्टेडियममा अघिल्लो खेलमा भन्दा आज नेपाली टोलीमा एक परिवर्तन छ। रिजन ढकालको स्थानमा ललित नारायण राजवंशी प्लेइङ ११ मा फर्किएका छन्।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित नारायण राजवंशी