केन्याली राजदूत मून्यीरीद्वारा कमलादीमा केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन

बिजमाण्डू
२०८२ जेठ २१ गते १२:०६ | Jun 4, 2025
केन्याली राजदूत मून्यीरीद्वारा कमलादीमा केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन

काठमाडौं । कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तल्लामा गणतन्त्र केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन गरिएको छ।

Tata
GBIME

नेपालका लागि केन्याका राजदूत एवम् उच्चायुक्त पिटर मैना मून्यीरीले कार्यालयको उद्घाटन गरेका हुन्।

सोमबार मून्यीरीले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेकका थिए। त्यसपछि राजदूत मून्यीरीद्वारा कमलादी स्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तल्लामा केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन गरेका थिए।

सो अवसरमा राजदूत मून्यीरी नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनद्वारा आयोजित विशेष समारोहमा सहभागी भएका थिए। त्यसक्रममा नेपाल र केन्या बीच व्यापार प्रवर्धनका साथै संस्कृतिक तथा अन्य विविध क्षेत्रमा सहकार्य विस्तारमा काम गर्ने प्रतिबधता जनाइएको थियो।

नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक पनि हुन्।