महँगी भत्तामा सरकारलाई थपियो १० अर्बको भार, छुट्याइयो १७ अर्ब १ करोड रुपैयाँ



बिजमाण्डू
२०८२ जेठ १६ गते १२:४४ | May 30, 2025
महँगी भत्तामा सरकारलाई थपियो १० अर्बको भार, छुट्याइयो  १७ अर्ब १ करोड रुपैयाँ

काठमाडौं। सरकारले बजेटमार्फत तलब बढाउने कर्मचारीको विश्वास थियो। तर, अर्थमन्त्री विष्णु पौडेलले स्रोतमा चाप देखाएर तलब बढाएनन्। उनले तलबको साटो भत्ता थपेका छन्।

Tata
GBIME
Nepal Life

कर्मचारीको महँगी भत्ता मासिक २ हजारबाट ५ हजार रुपैयाँ पुर्‍याइएको छ। तलब बढाउँदा ग्रेडमा भारदेखि कर्मचारी सञ्चय कोषमा जम्मा गर्नुपर्ने रकम र पेन्सनमा भार बढ्छ। त्यही कारण अर्थमन्त्रीले चलाखी अपनाउँदै भत्ता बढाएका हुन्।

भत्ता वृद्धिको निर्णयले सरकारलाई १० अर्ब रुपैयाँको भार थपिएको छ। चालु आर्थिक वर्ष महँगी भत्ता शीर्षकमा ७ अर्ब १ करोड ५७ लाख लाख रुपैयाँ छुट्याइएकामा आगामी आर्थिक वर्षका लागि यो शीर्षकमा १७ अर्ब १ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ।