नाइमा मोबिलिटी एक्स्पोमा ५० वटा ब्रान्डले सहभागिता जनाउने, कुन कुन कम्पनी आउँदैछन् ?

बिजमाण्डू
२०८२ जेठ ६ गते १८:२३ | May 20, 2025
नाइमा मोबिलिटी एक्स्पोमा ५० वटा ब्रान्डले सहभागिता जनाउने, कुन कुन कम्पनी आउँदैछन् ?

काठमाडौं । अटो व्यवसायीहरुको नयाँ संस्था नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको नाइमा नेपाल मोबिलिटी एक्सपोमा ५० वटा ब्रान्डहरु सहभागिता जनाउने भएका छन्।

Tata
GBIME

उक्त शो यही साउन २१ देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। यो एक्सपोको व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रा.लि.ले गर्नेछ।

नाइमाका अनुसार नयाँ र पुराना गरि ५० वटा ब्रान्डले शोमा सहभागिता जनाउन लागेका छन्। प्यासेन्जर गाडीमा बिवाइडी, सिट्रोन, फोर्थिङ, जीडब्लुएम, भोल्ट्स, हुन्डाई, कायी, किया, लिपमोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्शुबिसी, निसान, ओमोडा एण्ड जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जिकर रहेका छन्।

यस्तै, दुई पाङ्ग्रे गाडीमा एम्पेयर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयु, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबुट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभोइलेटी, याडिया र जिहो रहेका छन्।

लाइट कमर्सियलमा चेरी वाङ्दा, डोङफेङ, फरीजोन, हावजी, कामा, क्यारी, किङलङ र सुनलङ रहेका छन्।