त्रिविदेखि वडासम्मका नक्कली कागजपत्र बनाउने बालाजुको एक ‘अड्डा’मा प्रहरीको छापा

बिजमाण्डू
२०८२ जेठ १ गते १४:२० | May 15, 2025
त्रिविदेखि वडासम्मका नक्कली कागजपत्र बनाउने बालाजुको एक ‘अड्डा’मा प्रहरीको छापा

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बालाजु क्षेत्रमा रहेको नक्कली कागजपत्र बनाउने अड्डामा छापा मारेको छ।

Tata
GBIME

बुधबार दिउँसो छापा मार्दा प्रहरीले त्रिभुवन विश्व विद्यालयकाका विभिन्न कागजपत्रहरू तथा वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिस पत्र लगायत नक्कली सरकारी कागजपत्रहरू बरामद भएको छ।

प्रहरीले बुधबार गोर्खा घर भएका एक युवकलाई नियन्त्रणमा लिएको थियो। उनीसँग जोडिएका अन्य मानिसलाई समेत खोजी गरिरहेको प्रहरीले जनाएको छ। ती युवकले पटक-पटक कार्यालय सारेर नक्कली कागजपत्र बनाउने गरेको देखिएको छ।

‘सबैभन्दा धेरै विश्व विद्यालयका प्रमाणपत्रहरू बनाएको देखिन्छ। हलोग्राम समेत दुरुस्तै देखियो,’ एक अनुसन्धान अधिकृतले सुनाए।

पक्राउ परेका युवक यसअघि पनि आपराधिक गतिविधिमा संलग्न भएको देखिएको छ। उनले विषेशगरी विदेश जानका लागि आवश्यक पर्ने कागजपत्र तयार गर्ने गरेको खुलेको छ।