‘रोमानिया पठाइदिन्छु’ भन्दै ६ जनासँग साढे ९ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

बिजमाण्डू
२०८२ बैशाख २४ गते १४:११ | May 7, 2025
‘रोमानिया पठाइदिन्छु’ भन्दै ६ जनासँग साढे ९ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ
फाइल फोटो।


काठमाडौं। ‘वैदेशिक रोजगारीमा रोमानिया पठाइदिन्छु’ भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

काठमाडौं महानगरपालिका-१५ बस्ने गुल्मीको धुर्कोट गाउँपालिका-३ घर भएका २८ वर्षीय दीपेन्द्र महत पक्राउ परेका हुन्।

महतले ६ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीमा उजुरी परेको थियो। त्यसकै आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले महतलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।