स्पार्क कारको एड्भेन्चर यात्रा २६ गतेदेखि, बीवाइडीमा काठमाडौंबाट गौरीटापसम्म

बिजमाण्डू
२०८२ बैशाख १९ गते १७:११ | May 2, 2025
स्पार्क कारको एड्भेन्चर यात्रा २६ गतेदेखि, बीवाइडीमा काठमाडौंबाट गौरीटापसम्म

काठमाडौं। सवारीसाधन र ड्राइभर सेवा उपलब्ध गराउँदै आएको स्पार्क कारले वैशाख २६ गतेदेखि ‘गेट वे टु एभरेष्ट’ एड्भेन्चर यात्रा गराउने भएको छ।

Tata
GBIME

कम्पनीले बीवाइडी गाडीमार्फत २०० जनालाई काठमाडौंबाट सोलुखुम्बुको गौरीटापसम्म यात्रा गराउने भएको हो।

‘दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्धनका साथै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारका लागि स्पार्क एड्भेन्चर गर्न लागेका हौं,’ स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने।

यात्रा ३ दिनको हुनेछ। ३ हजार मिटरको उचाइमा रहेको गौरीटाप काठमाडौंबाट एक दिनमा पुगिनेछ। घिमिरेका अनुसार गौरीटापबाट सगरमाथा लगायत हिमाल अवलोकन गर्न सकिनेछ।

काठमाडौंबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ।