सौर्य एयरलाइन्स उडान इजाजत नवीकरण प्रक्रियामा, एटीआर जहाज लिजमा ल्याउने

बिजमाण्डू
२०८२ बैशाख २१ गते ११:२१ | May 4, 2025
सौर्य एयरलाइन्स उडान इजाजत नवीकरण प्रक्रियामा, एटीआर जहाज लिजमा ल्याउने


काठमाडौं। दुर्घटनाका कारण ग्राउण्डेड सौर्य एयरलाइन्सले नौ महिनापछि पर्यटन मन्त्रालयमा उडान इजाजत नवीकरण प्रक्रिया अगाडि बढाएको छ। परीक्षण उडान सफल भएपछि एयरलाइन्सले उडान इजाजत नवीकरण प्रक्रिया अगाडि बढाएको हो।

Tata
GBIME
NLIC

कम्पनीले उडानका लागि एटीआर ७२-६०० सिरिजका ३ वटा जहाज ल्याउने तयारी गरेको छ। जहाज लिजमा ल्याउने कम्पनीका अध्यक्ष दीपक पोखरेलले जानकारी दिए।

उनका अनुसार कम्पनीले पुन: उडान सञ्चालनका लागि डेढ अर्ब रुपैयाँ लगानी गर्दैछ। एक अमेरिकी वायुसेवा कम्पनीले प्रयोग गर्दै आएको एटीआर जहाज लिजमा ल्याउने कम्पनीको तयारी छ।

बम्बार्डियरको जेट इन्जिन जहाज (सीआरजे-२००) उडान सञ्चालनमा अत्यधिक घाटा व्यहोरेपछि कम्पनीले एटीआर ७२ जहाजमार्फत उडान गर्ने योजना अगाडि बढाएको हो।  

‘हामी परीक्षण उडानमा सफल भइसकेका छौं। त्यसैले इजाजत नवीकरण प्रक्रिया अगाडि बढाएका छौं। अहिले दुईमध्ये एउटा जहाज मर्मत संभारमा छ र अर्को जहाज उडानयोग्य छ,’ अध्यक्ष पोखरेलले भने, ‘अब एटीआरको ६०० मोडलको जहाजमार्फत उडान सेवा दिने व्यावसायिक योजना अनुसार ३ साताभित्रै ३ वटा जहाजको लिज पर्चेज एग्रिमेन्ट यर्दैछौं।’

कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउनुपर्ने बक्यौता सबै तिरिसकेको छ। २०८१ साउन ९ गते त्रिभुवन विमानस्थलबाट पोखरा उडान गर्ने क्रममा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सको उडान बन्द छ।