
काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको निर्णय संशोधन गरेको छ। कम्पनीले चुक्ता पुँजीको सतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेकामा साधारण सभाबाट यसमा संशोधन गरेको हो।
हाइड्रोपावरको चैत २७ गते सम्पन्न साधारण सभाले १:०.६५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीको अहिले चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ छ। कम्पनीले साधारण सभाबाट हकप्रद निष्कासनका लागि अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने निर्णय गरेको छ।