पियोर इनर्जीको आइपीओमा मागको १९ गुणा आवेदन, १८ लाख १६ हजारको हात रित्तो हुने

बिजमाण्डू
२०८२ बैशाख २ गते १८:३२ | Apr 15, 2025
पियोर इनर्जीको आइपीओमा मागको १९ गुणा आवेदन, १८ लाख १६ हजारको हात रित्तो हुने


काठमाडौं। पियोर इनर्जी कम्पनीको आइपीओमा २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन परेको छ।

Tata
GBIME
NLIC

कम्पनीले सर्वसाधारणमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयरको बिक्री खुलाएकामा २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको आइपीओ माग गर्दै १९ लाख ३६ हजार ५३ आवेदन परेको हो।

आवेदन दिन म्याद मंगलबार अपराह्न ५ बजेसम्म थियो।

कम्पनीको आइपीओमा मागको १९.०२ गुणा आवेदन परेकाले १८ लाख १६ हजार ५३३ आवेदकको हात खाली हुनेछ। कम्पनीको आइपीओ १०/१० कित्ताका दरले १ लाख १९ हजार ५२० आवेदकले मात्रै हात पार्नेछन्।

पियोर इनर्जीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरु, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषलाई यसअघि नै सेयर निष्कासन गरेको थियो।

चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्म कम्पनी २ करोड ३ लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ। कम्पनीले आगामी वर्ष १ करोड १४ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ।